S Khabar

भगवान रामले हानेको बाणबाट बनेको यो कुण्ड जीर्ण बन्दै

पाल्पा– भगवान रामले हानेको बाणबाट बनेको कुण्ड जीर्ण बनेको छ ।

त्रेतायुगमा भगवान राम वनबासका क्रममा वाण हानेर यो कुण्ड निर्माण भएको किंवदन्ती छ । पाल्पाको रामपुर क्षेत्रमा अवस्थित यो कुण्ड संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ ।

भगवान राम वनवासका क्रममा सीता रजस्वला भएकोले स्नानका लागी बाण हानेर यो कुण्ड तयार भएको विश्वास गरिन्छ ।

कमेन्ट गर्नुहोस्
Loading...