S Khabar

दशरथ रंगशालामा सागको भव्य ‘रिहर्सल’ (फोटो फिचर)

काठमाडौं – राजधानीमा हुन लागेको १३ औँ दक्षिण एसियाली खेलकुद (साग) को पूर्वसन्ध्यामा दशरथ रंगशालामा पूर्वतयारी (रिहर्सल) भव्य रुपमा गरिएको छ ।

साग समारोह समितिले आइतबारका हुने उद्घाटनका लागि पूर्वतयारी गरेको हो ।

दशरंग रंगशालामा साँझ फरक खालको रौनक देखिएको थियो । सागका लागि सजिएको रंगशालामा उदघाट्न सत्रको अभ्यासका क्रममा आतिसवाजीहरु पड्किए ।

उद्घाटन समारोहमा त्रिपुरेश्वरको आकाश झिलिमिली भएको थियो । आइतबार औपचारिक समारोह हुनेछ ।

आयोजकका अनुसार उद्घाटन समारोहमा १५ हजार कलाकारले सहभागिता जनाउनेछन् । १४ मिनेट चल्ने उद्घाटन समारोहको औपचारिक कार्यक्रम राष्ट्रपति विद्यादेवी भण्डारीले गर्नेछिन् ।

सागमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटानको खेल हुनेछ ।

तस्वीरमा हेर्नुहोस्:

कमेन्ट गर्नुहोस्
Loading...